Rule 45
भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको मूल्याङ्कन
: (१) सशस्त्र प्रहरी कर्मचारीलाई विभिन्न भौगोलिक क्षेत्रमा काम गरेको अनुभव बापतको अङ्क प्रदान गर्दा अनुसूची–१० मा उल्लेख भए बमोजिम भौगोलिक क्षेत्रलाई क्रमशः “क”, “ख”, “ग” र “घ” गरी चार वर्गमा विभाजन गरी वार्षिक रुपमा काम गरेको अनुभव वापत आठ अङ्कमा नबढ्ने गरी देहाय बमोजिम अङ्क दिइनेछ :–
(क) “क” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि १.५ अङ्कका दरले
(ख) “ख” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि १.४ अङ्कका दरले
(ग) “ग” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि १.३ अङ्कका दरले
(घ) “घ” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि १.२ अङ्कका दरले
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै एक भौगोलिक क्षेत्रमा कम्तीमा नब्बे दिन वा सोभन्दा बढी अवधि रुजु हाजिर भई काम गरेको भए सोही भौगोलिक क्षेत्रमा काम गरे वापत पाउने अङ्कको दामासाही हिसाबले र नब्बे दिनभन्दा कम अवधि काम गरेको भए जुनसुकै भौगोलिक क्षेत्रमा काम गरेको भए पनि “घ” वर्गको लागि तोकिएको अङ्क दिइनेछ ।
(३) कुनै कारणले सशस्त्र प्रहरी सेवाबाट हटी पुनर्बहाली भएको वा निलम्बन भई त्यस्तो निलम्बन फुकुवा भएको सशस्त्र प्रहरी कर्मचारीको हकमा निज रुजु हाजिर नभएको अवधिको भौगोलिक क्षेत्रमा काम गरे वापतको कुनै अङ्क दिइने छैन ।
(४) संयुक्त राष्ट्र संघीय मिशनमा खटिएको वा विदेशस्थित नेपाली कुटनीतिक नियोगमा खटिएको सशस्त्र प्रहरी कर्मचारीलाई “घ” वर्गको र अध्ययन बिदा वा तीन महिना वा सो भन्दा बढी अवधिको लागि वैदेशिक तालीममा जाने सशस्त्र प्रहरी कर्मचारीलाई “घ” वर्गको लागि तोकिएको अङ्कको आधा अङ्क दिइनेछ ।
(५) भौगोलिक क्षेत्रमा काम गरे वापत पाउने अङ्क जुन पदमा बढुवा हुने हो सो पद भन्दा तल्लो पदमा प्राप्त गरेको भए मात्र गणना गरिनेछ ।
(६) यो नियमावली प्रारम्भ हुनु भन्दा अघि प्राप्त गरेको भौगोलिक क्षेत्रको अङ्क गणना गर्दा सो अवधिको भौगोलिक क्षेत्र वापतको पुरा अङ्क आठ मानी सोही अनुपातमा प्राप्ताङ्क कायम गरिनेछ ।